बालेन शाहले भने ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्। झापा ५ को कमल गाउँपालिकाका स्थानीयहरूसँग आज कुराकानीका क्रममा शाहले यस्ताे बताएका हुन्।

मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको पनि उनले बताए।
उनले भने ‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो,’ ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’

स्थानीयले प्रदेश संरचना खारेजी गरे शिक्षा र स्वास्थ्य लगायत क्षेत्रका लागि बजेट पर्याप्त हुने कुरा गरेका राखेका थिए । त्यसको जबाफमा शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here