काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेकाे छ। मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा आज सामान्य गिरावट आएको हो ।
नेप्से सूचक घटे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेपछि सकारात्मक ‘सर्किट’ लागेको छ ।
बुधबार सकारात्मक सर्किट लगेका कम्पनीमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत् छन् ।
बुधबार कारोबार सुरु हुँदा २६८३.१५ अंकमा रहेको नेप्से १.६४ अंक घटेर २६८१.५० बिन्दुमा झरेको छ ।
बुधबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ३४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आज समूहगत परिसूचकमध्ये बैंकिङ ४.५६ अंक घटेको छ । त्यसैगरी जीवन बीमा १७.१९, उत्पादनमूलक ४९.६४, लघुवित्त १५.१४, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह ७.२५ अंक घटेका छन् ।
यता विकास बैंक ६.०७, वित्त २३.३३, होटल १४.०८, जलविद्युत् १३.४०, लगानी ०.०९, जीवन बीमा १५.१८ र व्यापार समूह १८.९१ अंक बढेका छन् । बुधबार नेप्से सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३ सय २६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।

























