चुनाव दुई चरणमा नगर्न प्रचण्डको सुझाव

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन एकै चरणमा गर्न पनि सुझाव दिए ।

उनले भने ‘चुनाव निष्पक्ष रुपमा हुने वातावरणको ग्यारेन्टी गरियोस् ।’

साे अवसरमा उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने बताए ।

‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन,’ प्रचण्डले भने ।

उनले थपे ‘यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ,’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here