काठमाडौं । बैतडीमा भएको जन्ती बस दुर्घटनामा मृतककाे संख्या १३ पुगेकाे छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।
पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको हो ।
गम्भीर घाइते भएका थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे हाे। अन्य घाइतेहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ ।
बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
























