काठमाडौं । बर्दियामा चितुवाको आक्रमण परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको गुलरिया नगरपालिका –४ तुलसीपुर टोलका ३५ वर्षीय नन्दु रोकाएको बारबर्दिया नगरपालिका– ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
बिहीबार बिहान साढे ११ बजेको थियो ।
त्यस्तै मधुवन नगरपालिका– ९ की ४९ वर्षीया मैसरा डाँगीको पनि बिहीबार बेलुकी पख बाघको आक्रमणबाट मृत्यु भएको छ। उनकाे नेपाल–भारत सीमाना क्षेत्रमा डाँगी स्थानीयसंग घाँस काट्न गएको समयमा दिउँसो २ बजेतिर चितुवाले आक्रमण गरी भारत तर्फको जंगलमा लगेको थियो।
























