रास्वपाकाे गाडिकाे ठक्करबाट बालिकाका मृत्यु: पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने

२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिका मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । शुक्रबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाको वस्तुनिष्ठ छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

विज्ञप्तिमा भनिएकाे छ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,’ शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छौं ।’

‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।’

त्यस्तै कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी नराख्ने महामन्त्री बुर्लाकोटीले बताएका छन् । साथै पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको समेत उनले जानकारी दिए।

चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधन परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपङ्ति तथा उम्मेदवारलाई कडा निर्देशन दिएका छन् ।

बिहीबार रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा रास्वपाले चुनावी प्रचारमा प्रयोग गरेको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको थियो । सो गाडी रौतहट–२ मा रास्वपाका उम्मेदवार सागिर आलमले प्रयोग गरेका थिए ।

दुर्घटनापछि चालक फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here