२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । आइतबार नेपाली समय अनुसार सवा ३ बजे खेल सुरु हुनेछ । शनिबारदेखि सुरु प्रतियोगिताको पहिलो दिन तीन खेल भएका छन् ।
नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिए पनि विजयी हुन भने सकेनन् । नेपाल पनि बलियो टोली इंग्ल्यान्डसँग सरप्राइज जितको खोजीमा छ।
तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्य लिएको छ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ नेपाल र इंग्ल्यान्ड टी–२०आईमा पहिलो पटक भिड्न लागेका हुन् ।


























