तोलामा साढे ९ हजार बढ्यो सुनकाे भाउ

प्रतिकात्मक तस्विर

२५ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ पुगेकाे छ । शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here