काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।
सर्वोच्च अदालतले उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै उम्मेद्वार हुन नपाउने भएको हो । कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए ।





















