काठमाडौं । नेपाल आईसीसी टी २० विश्वकपअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएकोमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाएको हो।
१८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल रनले १७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २९ रन जोडे । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । कप्तान रोहित पनि ३९ रन बनाएर आउट भए ।
बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए ।




















