प्रधानमन्त्री कार्कीले भनिन् :‘आज भएको खेल तारिफयोग्य थियो, आशा अझै बाँकी छ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत आज भएको खेल तारिफयोग्य भएको बताएकी छिन् ।

उनले जित र हार खेलको नियम भएको र आशा अझै बाँकी रहेको टिप्पणी गरेकी हुन् । आज भएको खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

तर, आजको खेल कसरी खेलिएको भन्ने कुरा महत्त्वपूर्ण रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

उनले भनिन् ‘जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौं, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ,’ प्रधानमन्त्री कार्कीले बालुवाटारस्थित निवासमा बसेर खेल हेरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here