घट्यो अन्डाको भाउ , साेमबारदेखि नयाँ मुल्य लागु

काठमाडौं । अन्डाको भाउ सोमबारदेखि लागु हुने गरी घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताएकाे छ।

नयाँ भाउ अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । यस्तै एक्सएल अन्डाको प्रतिक्रेट ३ सय ९० रुपैयाँ कायम भएको संघले जनाएको छ ।

यसअघि २२ माघमा ठूलो अन्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रुपैयाँ रहेको थियो । ११ माघमा ठूलो अन्डा ४ सय ९५ र मिडियमको ४ सय ७५ पुगेको थियो ।

गत मंसिरमा अन्डाको भाउ हालसम्मकै उच्च भएको थियो । उक्त समय फार्ममा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६५ र मिडियमको ५ सय ५० रुपैयाँ पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here