२७ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेकाे छ। सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो ।
मंगलबार कारोबार रकममा पनि उच्च गिरावट आएको छ । आज नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकमा झरेको छ । नेप्सेमा यस दिन १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । यस दिन बैंकिङ १.३२ अंक घटेको छ भने विकास बैंक ६५.६७ र वित्त २२.७१ अंक घटेका छन् ।
त्यसैगरी होटल ३५.६५, जलविद्युत् ९.०५, लगानी ०.५६, जीवन बीमा ९८.४४, उत्पादनमूलक ५९.७०, लघुवित्त २४.१७, निर्जीवन बीमा ६८.५६ र अन्य समूह ८.२३ अंक घटेका छन् । यता मंगलबार नेप्सेमा सामूहिक लगानी कोष ०.०४ र व्यापार समूहमात्र १९.७० अंक बढेको छ ।
मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।
। सोमबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।





















