सुन प्रतितोला ११ सय बढ्यो, यस्ताे छ आजको भाउ

प्रतिकात्मक तस्विर

२८ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम छ ।

हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो।

आज चाँदी प्रतितोला ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here