काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गरेका छन् ।
बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले यस्ताे दाबि गरेका हुन्क्षी। उनले राजनीतिक दलहरूले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्न थालेकाे बताए ।
‘यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरू, विपक्ष राजनीतिक दल, बुद्धिजीविहरू, पत्रकारहरू सबैले पनि आज भोलि भन्न के थालेको छन भने–नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ है भन्नेमा कसैको विमति छैन,’ प्रचण्डले भने । साथै पहिला हेपेर एकदम कम ल्याउँछ भन्ने मान्छेहरू पनि अहिले नेपाली कम्युनिष्ट पार्टी कम्पिटिशनमा गयो भनेर हिडेकाे बताए ।
संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गरे। प्रचण्डले आफ्नो पार्टी, कांग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने पनि बताए ।
नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र रास्वपाका बीच कडा प्रतिष्पर्धा हुने उनकाे भनाइ थियाे।
























