काठमाडौं । बंगलादेशमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । बिहीबार सम्पन्न आम निर्वाचनमा बिएनपिले बहुमत ल्याएसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो । २९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको हाे।
बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् ।
जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले ४५ सिट र अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन् ।



























