काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज ३ हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम छ ।
आइतबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम छ ।
आइतबार चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।






















