झाक्रीले सार्वजनिक गरिन् चुनावी खर्च विवरण

काठमाडौं । रामकुमारी झाक्रीले चुनावको खर्च विवरण सार्वजनिक गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय सभा निर्वाचनमा २ लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी हुन्।

उनले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै खर्च गोष्ठी/ कार्यकर्ता परिचालनमा लागेको देखिन्छ । उनले परिचालनका लागि एक लाख २० हजार रुपैयाँ खर्च गरेको बताएकी छन्।

त्यस्तै सवारीसाधनका लागि ६० हजार, इन्धनका लागि १५ हजार, कार्यक्रम सञ्चालन गर्न १५ हजार, प्रतिनिधि परिचालन गर्न १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here