सुनकाे भाउ ओरालो लाग्दा चाँदीमा भने वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनकाे भाउ घट्ने क्रम आज पनि जारी छ । र सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

यता, आज चाँदीको भाउमा भने वृद्धि भएको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रूपैयाँ पुगेकाे छ।

सोमबार भने चाँदी तोलामा ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here