काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
त्यस्तै बाँकि रहेको १ कित्ता सेयर सोही लगानीकर्तामा बाँडफाँट गर्दा १ जना आवेदकले थप एक कित्ता अर्थात ११ कित्ता सेयर प्राप्त गरेका छन्।
कुल २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता सेयरका लागि आवेदन दिएकाेमा २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ।
कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो।आइपिओको नतिजा
लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट हेर्न सक्नेछन्।साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।























