काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएको हाे।
पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशलकुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे छन् ।
काठमाडौं उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व, खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ट कार्य सम्पादन गरेको हाे।
त्यस्तैगरी, प्रहरी वृत्त सिंहदरबारलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्ती एवं पूर्वाधार विकासमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै डीएसपी घिमिरेलाई पुरस्कृत गरिएको हो ।

























