तोलामा १५ सय रुपैयाँले घट्याे सुनकाे भाउ

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ ।

हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here