‘देशलाई सम्हाल्न सक्ने शक्तिलाई जिताउने बेला हाे’ :विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश दुखिरहेका बेला भइरहेको चुनावमा सम्हाल्नसक्ने शक्तिले जित्नुपर्ने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

उनले भने ‘हामी जान्दछौँ– यो बेला देशलाई दुखिरहेको छ । मधेशलाई दुखिरहेको छ,’ यस्ताे अवस्थामा मूल प्रश्न कसलाई जिताउने भन्ने होइन कि देशलाई कसले सम्हाल्नसक्ने शक्तिलाई जिताउने हो ।’

उनले थपे चुनाव त जिन्दगीमा कांग्रेसले कैयौँ जित्यो । हाम्रा लागि जित कुनै अनौठो कुरा होइन,’ ।

कांग्रेसले जिन्दगीमा कैयौँ चुनाव हारेको बताउँदै उनले हार पनि कुनै अनौठो नभएको उपसभापति शर्माले बताए ।

मधेशी भूमि नेपालीलाई सर्वाधिक अन्न दिने भूमि रहेको भन्दै मधेशका सबै किसान, किसानको अन्नको एकएक दानाप्रति कृतज्ञता ज्ञापन गर्न मधेश आएको जिकिर गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here