७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ । आफ्नो सरकार बनेकाे अवस्थामा कर नलगाउने घाेषणा गरेकाे हाे।
कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् ।
नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको र यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा उनले गरे ।
अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा थापाले गरे ।
त्यस्तै अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने योजना रहेको उनले बताए ।
कांग्रेसले आफ्नो सरकार बनेको तीन महिना भित्रै नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता उनकाे छ ।
