काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।























