१० फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।
स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए ।
दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्याइएको छ ।
महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ ।
अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको उनले बताए ।



























