काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक उकालाे लागेका छन् । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेर
२६३८ अंकमा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेकाे छ। अघिल्लो दिन ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब २३ करोडको भएको हाे । आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको थियो ।
आज २१३ कम्पनीको मूल्य बढ्दा ४२ को घट्यो भने ६को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह सूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेकाे छ। त्यस्तै बैंक ०.३०, विकास बैंक १.११, फाइनान्स ०.६४, हाइड्रोपावर १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा ०.५२, अन्य ०.३३ तथा व्यापार १.४९ प्रतिशत बढे ।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३१, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिस्टिलरीको ८.९६, बन्दीपुर केबुलकारको ८.३४ प्रतिशत मूल्य बढ्यो ।
नेपाल एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, आँखुखोला जलविद्युत् कम्पनी, राधि विद्युत्, ङादी ग्रुप र रिडी पावर छन् ।


























