काठमाडौं । सरकारले इसराइल र इरान यात्रा गर्ने योजना बनाइरहेका नेपालीहरूलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ।
मध्यपूर्वमा विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले सूचना जारी गरी इसराइल र इरानमा यात्रा नगर्न अनुरोध गरेको हो।
सरकारले इरान र इसराइलमा रहेका नेपालीहरूलाई त्यहाँका सरकारले सुरक्षा सूचना र निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ।
त्यस्तै मध्यपुर्वका अन्य देशका रहेका नेपालीहरूलाई पनि उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र आवश्यक साबधानी अपनाई सम्बन्धित देशका अधिकारीबाट पूर्वअनुमति नलिई यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको छ।























