काठमाडौ । होलीको दिन आज सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढेकाे छ। आज सुन तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २० हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर तोलाको ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदीको भाउ तोलाको ५ हजार ९ सय ८५ रुपैयाँ थियो ।





















