काठमाडौं । यती एयरलाइन्सले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन निर्धारित सबै उडान स्थगित गरेको छ ।
कम्पनीले सूचना जारी गर्दै २१ फागुनमा उडान स्थगित गरेकाे बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरे पनि यतिले भने उडान नभर्ने बताएको हाे ।
यती एयरलाइन्सका अनुसार २२ फागुनदेखि भने उडान नियमित हुनेछ ।




















