भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एक पक्राउ

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखा पालुङटार नगरपालिका-९ घर भएका ३ १वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो । सेढाईबाट राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here