चितवन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।
क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् ।
उनी यसपटक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । प्रचण्डको मतदान पश्चात् हेलिकप्टरबाट रुकुम जाने कार्यक्रम छ।



























