मतदानपछि प्रचण्डले भने: ‘नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन ‘

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको प्रतिक्रिया दिएका छन्।

चितवन–३ काे भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि प्रतिक्रिया दिंदै उनले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्नेमा जोड दिए । उनले भने ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन।’

उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्ने बताए ।

संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here