काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ बर्षपछि मतनदान गरेका छन्।
विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।
यसअघि विप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए। त्यसयता उनले कहिलै मतदान गरेका थिएनन्। अघिल्लो निर्वाचन बहिस्कार गर्दै आएको उनको पार्टीले यसपालि भने चुनावमा भाग लिएको छ।



























