काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह झापाका लागि उडेको केहिबेरमा हेलिकप्टरबाट काठमाडौं फर्किएको छ।
शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छन्। काठमाडौंको सिनामंगलमा मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए।
तर हेलिकप्टर उडेर ५२ नटिकल माइल पर पुगेपछि फर्काइएको थियो।
सुरक्षाका कारण हेलिकप्टर काठमाडौं फर्किएको बताइएकाे छ।
तर सुरक्षा निकायले झापा नजान सुझाव दिएको हाे।
























