ग्लोबल आइएमई बैंकको १४९ औँ शाखा रमाइलोडाँडामा

काठमाडौं, २१ कात्तिक । ग्लोबल आइएमई बैंकले ओखलढुङ्गा जिल्लाको रमाइलोडाँडा बजारमा बैंकको शाखा विस्तार गरि बुधबारदेखि सञ्चालनमा ल्याएको छ। प्रदेश नं. १ अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा विस्तार गरिएको बैंकको यो १४९ औँ शाखा कार्यालय हो।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाका साथमा रु। १५ लाखसम्मको बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ।

साथै अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ।
त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, यूएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here