काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा पराजय पछि राजीनामा दिन मनस्थितिमा पुगेका उनले उपसभापति विश्वप्रकाश शर्मासँग पनि परामर्श गरेका छन्।
तर नेता भण्डारीले थापाकाे राजीनामा अहिलेको विकल्प नभएको भन्दै नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्ने धारणा राखेका हुन्।
थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो। अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,’ उनले भनेका छन्।
उनले भने ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाईंआज पनि सम्भव छ— यदि इच्छाशक्ति र साहस छ भने।|
