काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्।
ट्रम्पले सोमबार एक पत्रकार सम्मेलनमा यस्ताे प्रतिक्रिया दिएका हुन्। यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले (आइआरजिसी) भने “युद्धको अन्त्य कहिले हुने भन्ने कुरा आफूहरूले तय गर्ने बताएको भनेर विभिन्न अमेरिकी मिडियाले जनाएका छन्।
अमेरिका र इसराइलको आक्रमण जारी रहेमा इरानले एक लिटर तेल पनि निर्यात हुन नदिने आइआरजिसीले चेतावनी दिएको अमेरिकी मिडियाले लेखेका छन्। त्यसको प्रतिउत्तरमा आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानले त्यसो गरेमा अहिलेको भन्दा २० गुणा कडा आक्रमण गर्ने धम्की ट्रम्पले दिएका छन्।






















