काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकिएकाे छ । अघिल्लो दिन सुन ताेलामा ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला ३१० रुपैयाँ रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२० रुपैयाँ पुगेको छ ।




















