सांसद पाण्डेले भने ‘बालेन शाह प्रधानमन्त्री हुने बारे कुनै शंका छैन’

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)काे विकल्प नभएको बताए । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले त्यसमा शंका नगर्न आग्रह गरे ।

साथै पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे । पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई थाहा नभएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न सोधेका थिए ।

पाण्डेले भने, ‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन ।’

उनले सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर मान्छेपिच्छे कुरा नगर्न उनले अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here