नेवानिले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने भएको छ । कम्पनीका अनुसार २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न असमर्थ यात्रुले बुधबार यात्रा गर्न इच्छुकलाई टिकट पुन: प्रमाणीकरण गराइ यात्रा गर्न सक्ने छन् ।

त्यसपछि नेवानिको सूचना समेत आधार मानेर यात्रा गर्न सकिने बताइएकाे छ । प्रमाणीकरण गरिएका यात्रुलाई मात्र विमानस्थल जान नेवानिले भनेको छ ।

नेवानिको इमेल ठेगानामा टिकट पठाइ प्रमाणीकरण गर्न सकिने सुविधा दिइएको छ । सिट उपलब्धता अनुसार पहिलेदेखि रोकिएका यात्रुलाई पहिलो प्राथमिकता दिई पहिलो टिकट दिने गरी सेवा उपलब्ध गराइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here