सेयर बजारमा ४६.७८ अंककाे गिरावट

काठमाडौं । बुधबार सेयर बजार ४६.७८ अंक घटेको छ । नेप्से परिसूचक २७९६ अंकमा झरेको छ ।

यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर बढेको नेप्से २८७५ अंकमा पुगेको थियो ।

आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आज १३ अर्ब १८ करोडमा झरेकाे छ।

बुधबार व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घटेकाे छ। त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशत घटेका छन्।

आज दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सकाे मूल्य
९.३३, रिडी पावरको ५.७२ प्रतिशत बढेकाे छ। आज कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशत घटेकाे छ। पन्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ तथा ट्रेड टावरको ४.४७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here