काठमाडौं । बिहीबार विश्वव्यापी तेलको मूल्यमा भारि वृद्धि भएको छ ।एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ ।
केही सातायता अमेरिका–इजरायल र इरानबीच तनावको कारण ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ आक्रमणको डरले बन्द जस्तै छ। जसले गर्दा तेलकाे अभाव विश्वभरनै देखिन थालेको छ।
यता इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।
त्यसाे त बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजार पठाउने घोषणा गरेकाे छ। तर विज्ञहरूले यसलाई केवल ‘अस्थायी राहत’ भनेका छन् ।
ऊर्जा संकट ध्यानमा राख्दै केही देशले सरकारी कामकाजको समय घटाउने र घरबाट काम गर्नेजस्ता उपाय अपनाउन थालिस केकाछन् ।



















