हल्का बर्षाले घटायाे वायु प्रदुषण

काठमाडौं । हिजो परेको सामान्य पानी र हावाहुरीले काठमाडौं उपत्यकाका जनतालाई केही राहत दिएकाे छ। पानी र हावाहुरीले प्रदुषण कम गरेपछि राहत मिलेको हो। काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएकाले आकाशमा जमेको धुलोका कणहरु पखालिएको छ ।

विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ ।

फागुन २६ गते एक्यूआई २०६ मापन भएकोमा बिहिबार एक सय ५० भन्दा माथि थियो । यसलाई वायुको गुणस्तर अति खराबस्तर मानिन्छ ।

विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here