तोलामा २ हजार ८ सयले घट्याे सुनकाे भाउ

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ ताेकिएकाे छ । अघिल्लो दिन सुन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ४९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here