काठमाडौं । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाकाे मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।माइक्रोमा १४ जना सवार रहेको थिए ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रो दुर्घटनामा घटनास्थलमै ७ जनाको मृत्यु भएको हाे। मृतक सबै भारतीय नागरिक रहेकाे बताइएकाे छ। अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।





















