सेयर बजारमा ४.४५ अंककाे वृद्धि

काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । बिहीबार १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो ।

आज १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रहेकाे छ। आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढेका छन्।

लगानी ०.५४, होटल तथा पर्यटन ०.६२ र जीवन बीमा ०.४६ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् । सोलु हाइड्रोपावर आजैबाट दोस्रो बजारमा कारोबारमा आएको हो । ग्रिनलाइफ हाइडोपावरको ९.५३, अभियान लघुवित्तको ५.३१ प्रतिशत मूल्य बढ्यो ।

आज दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेकाे छ। खानीखोला हाइड्रोपावरको ५.१८, थ्रीस्टार हाइड्रोपावरको ३.३५, हिमस्टार ऊर्जाको ३.३० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ग्रिनलाइफ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र राधि विद्युत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here