प्रधानमन्त्री बालेन शाहद्धारा बाहना बनाएर काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार शपथलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूलाई आफ्नो सरकारको गतिमा साथ दिन निर्देशन दिएका हुन् ।

कुनै पनि नियम कानुन संशोधन गर्न पर्दा आफू नेतृत्वको सरकार बलियो भएको स्मरण गराउँदै बाहनाबाजी गरेर काम नरोक्न स्पष्ट निर्देशन दिएका हुन् ।

उनले कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न पनि कर्मचारीहरूलाई स्पष्ट रुपमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here