मन्त्रिपरिषद् बैठकले सबै मन्त्रालयसँग सम्बन्धित सुशासन र शासकीय सुधारका विषयमा १०० वटा निर्णय गरेको छ । तीमध्ये एक दुई वटा निर्णय सार्वजनिक ग भएको छ भने बाँकी निर्णय भोली सार्वजनिक गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनकाअनुसार मन्त्रिपरिषदको सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको सुझाब तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रतिवेदनले सुझाएको सुरक्षासम्बन्धित सुझाबहरु कार्यान्वयनका लागि एक समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।





















