संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रावलले गरिनन् कुनै निर्णय

संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले शुक्रबारै पदभार ग्रहण गरेपनि मन्त्रालयमा कुनै निर्णय गरेकी छैनन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर मन्त्री रावलले दुबै मन्त्रालयमा पदभार सम्हालेकी छिन् ।

मन्त्रालयमा मन्त्री रावलले कुनै निर्णय गरिनन् । मन्त्रालयका निर्णयहरु मन्त्रिपरिषदबाट गर्ने पूर्व सहमति भएअनुसार मन्त्रालयमा कुनै निर्णन नभएको सम्बन्धित मन्त्रालय स्रोतले जानकारी दिएको छ ।